neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन

देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन

Dec 1st, 2021

काठमाडौ, मंसिर १५
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्ेश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकीछन ।

गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आज संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरुलाई निर्देशन दिएकी हुुन ।

गुठी सम्बन्धी धेरै गुनासाहरु छन् ति गुनासाहरु अन्त्य गर्ने, समस्यालाई जरैदेखि समाधान गर्ने र देशका कतिपय ठाउँमा रहेका गुठीका सम्पतीबारे अझै पनि जानकारी नै नभएको जस्ता समस्या पनि रहेकाले यस्ता समस्या हल गरेर राज्यको सम्पतिको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी कार्ययोजना बनाएर अगाडी बढ्न आग्रह गर्दै उनले भनिन ‘मन्त्रालय र म व्यक्तिगत तर्फबाट पनि यसका लागि सहयोग गर्न तयार छौ, हाम्रो साथ र सहयोग सधै रहिरहने छ ।’

उनले देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनु पर्ने अवस्थाको अब अन्त्य हुनु पर्ने भन्दै देशभर रहेका गुठीको जग्गाको यकीन तथ्याङ्क संकलन गर्न पनि निर्देशन दिईन ।संविधानले नै गुठीको सम्पती संरक्षणको विषय शुनिश्चित गरेकाले त्यस अनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामहरुलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिईन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi