neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको सहज जित

Nov 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,१३ मङ्सिर

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट-एटिएनलाई ३-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन मार्क्विन्होसले दुई गोल गरे भने एन्जेल डि मारियाले एक गोल गरे । सेन्ट-एटिएनका डेनिस बोआंगाले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने सेन्ट-एटिएनले लिएको थियो। खेलको २३ औं मिनेटमा सेन्ट-एटिएनका डेनिस बोआंगाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ४५ औं मिनेटमा सेन्ट-एटिएन १० खेलाडीमा समेटिएको थियो ।सेन्ट-एटिएनका टिमोथी कोलोड्जीज्याकले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा पीएसजीले उठायो ।

पहिलो हाफको इन्जुरी समयमा पीएसजीका मार्क्विन्होसले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७९ औँ मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मार्क्विन्होसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै पीएसजीले १५ खेलबाट ४० अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित सेन्ट-एटिएनको १५ खेलबाट १२ अंक छ र २० औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi