neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्राफिक महाशाखाको सफलताः महिना दिनमै २३ वटा चोरीका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण

ट्राफिक महाशाखाको सफलताः महिना दिनमै २३ वटा चोरीका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण

Nov 28th, 2021

काठमाडौ, मंसिर १२
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट, विभिन्न मितिमा हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । महाशाखाले गत कार्तिक महिनामा पनि २३ वटै मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काडाँघारी, कंलकी, भैसेपाटी, भिमसेनगोला, गंगालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मंगलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भु लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुुन ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको एसएसपी भट्टराईले जानकारी दिएकाछन । सवारी हराएको थाहा पाउनासाथ हटलाईन नम्बर ‘१०३’ वा अनलाईन सेवा ‘लस्ट भेहिकल एप्लिकेशन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

यस आर्थिक वर्ष ०७८÷७९ मा हराएका १७६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।