neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारीताबारे श्रममन्त्रीको चासो

सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारीताबारे श्रममन्त्रीको चासो

Nov 27th, 2021

काठमाडौ, मंसिर ११
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी) को प्रभावकारीताबारे परियोजनाका अधिकारीहरुसँग जानकारी लिनुभएको छ । मन्त्री श्रेष्ठले परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाएको र कामदार तथा उनिहरुका परिवारको आर्थिक सामाजिक सुदृढीकरण र उद्यमशीलतामा पहुँच बढेको भन्दै प्रसंशा गर्नुभयो । श्रेष्ठले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भुमिका खेल्नुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको भन्दै उहाँले परियोजनाले वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य लक्षित गरी कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सही सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिमा परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सहयोग गरेको बताउनुभयो । परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तीका लागि आवश्यक सूचना, परामर्श र सीप दिँदै आएको परियोजनाका टीम लिडर सीता घिमिरेले बताउनुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले बैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत ब्यक्ति र उनीहरुको परिवारलाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi