neapl investment mega bank

नेपाल –युएई विजनेस काउन्सिल गठन

Nov 27th, 2021

काठमाडौ, मंसिर ११
नेपाल –युएई विजनेस काउन्सिल गठन भएको छ । बिहिबार काठमाडौं स्थित युएई दुताबास र सिइयो क्लव ग्लोबलले सेन्टर फर डिप्लोम्याटिकडाइलगको सहकार्यमा सो घोषणा कार्यक्रम आयोजना गरेका हुन । नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्वल जङ पाण्डेको अध्यक्षतामा नेपाल युएई बिजनेस काउन्सिल गठन गरिएको आयोजकले जनाएकाछन् ।

अध्यक्ष पाण्डेको अध्यक्षतामा रहेको सो बिजनेस काउन्सिलमा बरिष्ठ उपाध्यक्षमा बश्रुधिन अन्सारी, प्रथम उपाध्यक्षमा डा. राजेन्द्र के.सी द्वितीय उपाध्यक्षमा डा. सुबोध कुमार गुप्ता, तृतिय उपाध्यक्षमा रघुनाथ पुरी र महासचिवमा मनोज गोयल रहेकाछन । त्यसैगरी सचिवमा प्रकाश न्यौपाने, विशेष सदस्यहरुमा पुरुषोतम न्यौपाने, अजय सिंह कार्की र देवेन्द्र गिरी रहेका काउन्सिलले जनाएको छ ।

बरिष्ठ उपाध्यक्ष अन्सारी निजी मेडिकल तथा डेन्टलकलेज संघ नेपालका अध्यक्ष हुन भने उपाध्यक्ष डा. के.सी साउथ वेष्टर्न शिक्षा समुहका संस्थापक हुन् । द्वितीय उपाध्यक्ष डा. सुबोध कुमार गुप्ता विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हुन भने तृतिय उपाध्यक्ष रघुनाथ पुरी रिभर ग्रुप अफ कम्पनीजका अध्यक्ष हुन् । त्यसैगरी महासचिव मनोज गोयल मारुती सिमेन्ट र बुटव लसिमेन्टका कार्यकारी निर्देशक र सचिव प्रकाश न्यौपाने एक्सप्लोर बाइ टेक्नोलोजि अध्यक्ष हुन् । विशेष सदस्यहरुमा पुरुषोतम न्यौपाने युएचएस होल्डिङका संस्थापक हुन भने अजय सिंह कार्की प्रसिद गु्रप अफकम्पनिजका अध्यक्ष हुन् । त्यसैगरी देवेन्द्र गिरी मनाङ होटलका अध्यक्ष हुन् ।

अब काउन्सिलको एक प्रतिनिधि मण्डल युएईमा गई त्यहाँको चेम्बर अफ कमर्ससँग सहकार्यको सम्झौता गर्ने कार्यक्रम रहेको काउन्सिलले बताएको छ । साथै युएईबाट एउटा प्रतिनिधि मण्डल नेपाल बोलाउने पनि काउन्सिलका संरक्षक डा. शम्भु पोखरेलले जनाएकाछन् काउन्सिलको प्रमुख संरक्षकमा नेपालस्थित युएई राजदुत साईद हमदान अलन क्वीर संरक्षकमा सिइयो क्लव ग्लोबल नेपाल च्याप्टरका अध्यक्ष तथा सेन्टर फर डिप्लोम्याटिक डाइलग (सेडिड) का अध्यक्ष डा.शम्भु पोखरेल रहने काउन्सिलले जनाएको छ ।