neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदुतको शिष्टाचार भेट

श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदुतको शिष्टाचार भेट

Nov 25th, 2021

काठमाडौ, मंसिर ९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदुत डेनियला सेजोनोभ टेनलेशिष्टाचार भेट गरेकाछन । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिषा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकोले नेपालबाटै हुने गरी सहजिकरणको लागि समन्वय गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको चर्चा गर्दे रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताए ।

नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्नुहुँदै मन्त्री श्रेष्ठले प्रस्तावित मस्यौदाप्रति आएको सकारात्मक प्रतिकृयाका लागि धन्यवाद दिए । पछिल्लो पाँच बर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्वन्ध स्थापना भएको थियो । नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दुतावासमार्फत कुटनीतिक सम्वन्ध कार्यान्वयन भइरहेको छ ।

युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुनसक्ने वैदेशिक रोजगार सम्वन्धि विज्ञहरुको भनाइ छ । राजदुत डेनियलाले रोमानिया सरकारनेपालसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । नवनियुक्त राजदुत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौं आउनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi