neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजीलाई पराजित गर्दै सिटी समूह विजेता

पीएसजीलाई पराजित गर्दै सिटी समूह विजेता

Nov 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर ९
म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिंग र ग्राबियल जिससले एक-एक गोल गरे ।पीएसजीका केलियन एमबाप्पेले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पीएसजीले लिएको थियो। खेलको ५० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ६३ औँ मिनेटमा सिटीका रहिम स्टर्लिंगले गोल गरेपछि खेल एक-एक को बराबरीमा फर्कियो ।

त्यसपछि खेलको ७६औँ मिनेटमा सिटीका ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए र समूह विजेता समेत बनाए।

जितसंगै सिटीले पाँच खेलबाट १२ अंक जोडेको छ र समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।पराजित पीएसजीको पाँच खेलबाट आठ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi