neapl investment mega bank
  • गृहपृष्ठ
  • १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा स्वास्थ्यमन्त्री सँग शिक्षामन्त्रीको छलफल

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा स्वास्थ्यमन्त्री सँग शिक्षामन्त्रीको छलफल

Nov 23rd, 2021

काठमाडौं, मंसिर ७

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गर्नुभएको छ ।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गर्नभएको हो । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।‘विद्यालय खुलेसकेका छन् मन्त्री पौडेलले भन्नुभयो,’ १८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन् त्यसमुनीका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुप¥यो ।’

शिक्षामन्त्रीले बालबालिकाहरुलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘प्रत्येक विद्यालयमा पुगेर एक हप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौं ।, ‘शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुप¥यो ।’

स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिनुभयो ।
‘बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको छ, मन्त्री खतिवडाले भन्नुभयो, ‘आउने वित्तिकै विद्यार्थीेले खोप पाउँछन् ।’

मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिनुभयो ।१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन ।१२ वर्षमाथिका विद्यार्थीका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुदधको खोप लगाउनुपर्ने छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् । ९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४ जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिनुभयो।