काठमाडौ, मंसिर ७
नेपालमा पहिलो पटक स्ट्राटेजिक मार्केटिङ विषयमा एमबिए कार्यक्रम अध्यापन गराउने एनटिपि टुरिजम अफएर्स कलेज र आन विच आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा विज्ञापन, बजार तथा विक्रि सम्वन्धि अल्पकालिन तालिम तथा दिर्घकालिन कोर्सहरु उपलव्ध गराउने सम्झौता भएको छ ।
आनका पदाधिकारी तथा सदस्यहरु तथा कलेजका सञ्चालक तथा कर्मचारीहरुको उपस्थितिमा आनका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेश कुमार कण्ठबाट मंसिर ६ गते सोमबार संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । एनटिपि टुरिजम अफएर्स कलेजले थाइल्याण्डको श्रीपातुम युनिभर्सिटिको सम्र्वधन र नेपाल सरकारको स्विकृती तथा त्रिभुवन बिश्व बिद्यालयको समकक्षता सहित डिल्लिबजार काठमाडौमा सञ्चालित रहेको छ ।