neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकको २७ औ बार्षिक साधारण सभा सम्पन्न

नेपाल बंगलादेश बैंकको २७ औ बार्षिक साधारण सभा सम्पन्न

Nov 19th, 2021

काठमाडौ, मंसिर ३

नेपाल बंगलादेश बैकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको निर्वाचन गरेको छ । भर्चुअल माध्यमबाट भएको सभाले सर्वसाधारणबाट तीन र संस्थापकबाट तीन जना सञ्चालक चयन गरेको छ ।

सो अनुसार आगामी चार वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र श्रीमती क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल र अमन साह निर्वाचित भएका छन् ।


बैंकले हाल सबै क्षेत्रमा गरी एक सय वटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकका अध्यक्ष एआरएम नजसमुस शकिबको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर तथा तीन दसमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।