काठमाडौ, मंसिर २
सिभिल बैंक लिमिटेडको बुधबार बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्षपदमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
बैंक अध्यक्ष चयन भएपश्चात पाण्डेले सर्वसम्मतरुपमा बैंकको अध्यक्षपदमा चयन गरी थप जिम्मेवारी प्रदान प्रदान गरेका सबै सञ्चालकलाई धन्यवाद दिएकाछन । सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएका पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गरे ।
अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारीरुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्चव्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए ।