आधारभूमि संवाददाता
काठमाडौं, मंंसिर २
पछिल्लो समय मुलुकको सोधनान्तर घाटा बढ्दै गएको छ । मुुलुकमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएपछि सोधनान्तर घाटा बढ्दै गएको हो ।
आयातका कारण मुलुकबाट बाहिरिने रकम बढ्दै गएको छ। तर, रेमिट्यान्समा आएको कमिका कारण भित्रिने रकममा कमि आएको छ ।
त्यसैगरि पर्यटन आयमा कमि आएको छ भने बिदेश जाने बिद्यार्थिमा कमि नआएका कारण बाहिरिने रकममा भने बृद्धि भएको छ । जसका कारण मुलुकको सोधनान्तर घाटा पछिल्लो समय अकासिदै गएको छ ।
खुद सेवा आय २३ अर्ब ७९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब ९४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १ सय ८३.८ प्रतिशतले वृद्धि भई ४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ४८ करोड रहेको थियो ।
असोज मसान्तसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ सय ८७.१ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ८ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ४ अर्ब ४३ करोड रहेको थियो ।
असोज मसान्तसम्म शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति असोजमसान्तसम्म ६४ करोड ३१ लाखले घाटामा रहेको रिपोर्टमा उल्लेख छ ।
सोधनान्तर स्थितीमा आएको कमिको सोझो असर विदेशी विनिमय सञ्चितीमा परेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको देखिन्छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ सार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थासँग मात्रै रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १ खर्ब ७४ अर्ब ३ करोड पुगेको छ ।
यो वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।