neapl investment mega bank
  • गृहपृष्ठ
  • कोका–कोलाद्धारा नयाँ र इन्टर्आक्टिभ कोक एण्डमील्स लेन्सका लागि भाइबरसँग साझेदारी

कोका–कोलाद्धारा नयाँ र इन्टर्आक्टिभ कोक एण्डमील्स लेन्सका लागि भाइबरसँग साझेदारी

Nov 16th, 2021

काठमाडौ, कात्तिक ३०

कोका–कोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्डमील्सको थिम अन्तर्गत कोका–कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स “फूड र्याण्डमाइजर”को लन्च गरेको छ । नेपालमा एक करोड भन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यस रमाइलो फिल्टरको मजालिन सक्नेछन् जहाँ उनीहरूले आफ्ना साथीहरू, सहकर्मीहरू वा परिवारलाई आफ्नो लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्नेछन् । फिल्टरमा कोक र मोमोस, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्याण्डम्ली जेनेरेट हुन्छ । जेनेरेट भएको एउटा कोक एण्डमील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्नेछन् र कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, कामका सहकर्मीहरू वा परिवारलाई सजिलै पठाउन सक्नेछन् । थप रूपमा, प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्नेछन् ।

एआर लेन्सलाई आज आयोजित “राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसीप” पत्रकार सम्मेलनको क्रममा भर्चुअलरूपमा लन्च गरिएको थियो जहाँ भाइबर र कोका–कोलाका स्टेक होल्डर्सहरूका साथमा अरु मिडियाहरूको पनि उपस्थिति रहेको थियो। राकुटेन भाइबर र कोका–कोलाबीचको यो सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूलाई रोमाञ्चक सुविधाहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।भाइबरका सिनियर निर्देशक डेभिड त्सेज्यूले भन्नुभयो, “हामी कोका–कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि–संचालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित छौँ । कोक एण्डमील्स भाइबर लेन्स प्रियजनहरूसँग जोडिनुलाई अझ आकर्षक र अद्वितीय बनाउनका लागि रहेको हाम्रा धेरै पहलहरू मध्येको एक हो । यसले हाम्रो नेपाली बजारमा खुसी र आनन्दका क्षणहरू ल्याउँने छ भनेर म विश्वस्त रहेको छु ।

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीज्यूले भन्नुभयो, “कोका–कोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ । यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरु माझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो । हामी आशा गर्दछांैँ कि उपभोक्ताहरू भाइबर लेन्स प्रयोग गर्न उत्साहित हुनेछन् र उनीहरुले साथीहरू र परिवारसँग यसलाई सेयर गरी रमाइलो गर्नेछन । ”