neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इङ्ल्यान्ड विश्वकप नजिक ,केनको ह्याट्रिक

इङ्ल्यान्ड विश्वकप नजिक ,केनको ह्याट्रिक

Nov 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२७ कात्तिक
फिफा विश्वकप युरोपेली छनोटमा इङ्ल्यान्डले सानदार जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा अल्बानियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै इङ्ल्याण्डले जित निकालेको हो ।

इङ्ल्याण्डलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरे ।त्यस्तै, ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले एक एक गोल गरे । केनले खेलको १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका हुन्।

जितसँगै समूहको (आइ)को शीर्ष स्थानमा रहेको इङ्ल्यान्ड विश्वकप छनोटको नजिक पुगेको छ। इङ्ल्यान्डले नौ खेलबाट २३ अंक जोडेको छ।पराजित अल्बानियाको नौ खेलबाट १५ अंक छ र तालिकाको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi