neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

डि मारियाको गोलमा अर्जेन्टिनाको जित

Nov 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौं,२७ कात्तिक

फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एन्जिल डि मारियाले विजयि गोल गरे।मारियाले खेलको सातौं मिनेटमा पाउलो डिबालाको पासमा गोल गरेका हुन्।

जितसँगै अर्जेन्टिना विश्वकप छनोटको नजिक पुगेको छ। अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ। पराजित उरुग्वेको १३ खेलबाट १६ अंक छ र तालिकाको छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi