neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • समाचारदातालाई काममा फर्काउन काउन्सिलको आग्रह

समाचारदातालाई काममा फर्काउन काउन्सिलको आग्रह

Nov 12th, 2021

काठमाडौ, कात्र्तिक २६

प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई काममा फर्काउन आग्रह गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिञ्जर) लाई काममा नलगाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ ।

काउन्सिल अन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भैरहेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले केही सञ्चार गृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलव्ध नगराइएको र सेवाबाटै निष्काशन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्न÷नगराउन सम्वद्घ सबै पक्षसँग आग्रह गरेको बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi