काठमाडौँ, २५ कात्तिक
आज सुनको मूल्य बढेको छ । बुधबार तोलामा ९२ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला १३०० ले बढेर ९४ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला १३०० ले बढेर ९३ हजार ५०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९२ हजार २०० मा कारोवार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला रु २० ले बढेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० तोकेको छ । यस अघि बुधबार चाँदी प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।