neapl investment mega bank

उद्यमशीलता प्रवद्र्धन गर्न आग्रह

Nov 11th, 2021

गण्डकी, २५ कात्तिक /रासस

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारी उद्यमशीलता प्रवद्र्धनमा जोडदिनुपर्र्ने बताउनुभएको छ ।पोखरा–११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको शुभारम्भ गर्दै उहाँले सहकारीलाई बैंकहरु जस्तै बैंकिङ कारोबार मात्र गर्ने छुट छैन भन्नुभयो । उहाँले भन्नुभयो“सहकारीले उद्यमशील र आत्मनिर्भर तथा स्वरोजगार सिर्जना गर्नतर्फ केन्द्रित हुनुपर्छ । मुलुकको आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्छ । ”

संस्थाका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानूनी सल्लाहकार सुरेन्द्र थापामगर, जिल्ला सहकारी संस्थाका निवर्तमान कोषाध्यक्ष नारायण आचार्य, सल्लाहकार आसमाया खड्का, उपाध्यक्ष प्रमिला तझ्या, सचिव जुना केसी, कोषाध्यक्ष सत्यदेवी रेग्मी ९खनाल०, लेखा समिति संयोजक सिर्जना अधिकारी, व्यवस्थापक सरिता कोइराला, शिक्षा उपसमिति संयोजक विष्णु श्रेष्ठलगायतले सहकारीले महिलाको नेतृत्व विकासका साथै जीवनस्तर उकास्न थप टेवा पु¥याएको धारणा राख्नुभएको थियो ।

त्यसैगरी मन्त्री बरालले सभ्य समाज निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो पोखरा महानगर/चौथो कास्की जिल्ला परिषद्को शुभारम्भ गर्दै उहाँले सो शिक्षक नै समाज परिवर्तनका सम्वाहक हुन् भन्नुभयो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले माओवादीको लक्ष्य पूरा गर्न व्यावहारिक रुपमा सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कास्की समन्वय समितिका अध्यक्ष ताराना पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा माओवादी कास्कीका इञ्चार्ज बखानसिंह तमु, कास्की इञ्चार्ज एवं केन्द्रीय सदस्य गोपालमणि लामिछानेले यही कात्तिक २७ गते पोखरामा सङ्गठनको प्रदेशस्तरीय सम्मेलनको तयारी भइरहेको जानकारी दिनुभयो ।