neapl investment mega bank
  • गृहपृष्ठ
  • भारतका राष्ट्रपति कोविन्दद्वारा प्रधान सेनापति शर्मालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

भारतका राष्ट्रपति कोविन्दद्वारा प्रधान सेनापति शर्मालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

Nov 10th, 2021

काठमाडौ, कात्र्तिक २४

भारतका महामहिम राष्ट्रपति राम नाथ कोविन्दद्वारा प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकाछन ।

नेपाल सरकारको निर्णय बमोजिम यही कात्तिक २३ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई आज कार्तिक २४ गते राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय महामहिम राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन ।


नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ ।