काठमाडौ, कात्र्तिक २३
नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज मंगलबार नेप्से एकैदिन ७९ दसमलव ७९ अंकले घटेर २७ सय ४९ दसमलव ८५ अंकमा झर्दा सेन्सिटिभ पनि १६ दसमलव दुई अंकले घटेर पाँच सय १८ दसमलव ८२ अंकमा झरेको छ । दुई सय २५ वटा कम्पनीहरुको एक लाख छ सय ६६ पटकको कारोवारमा एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब ५२ करोड ७७ लाख २९ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आजव १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक ३५ दसमलव ९४ अंकले घटेर १८ सय ४७ दसमलव २४ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय ४४ दसमलव ६७ अंकले घटेर २५ सय ९० दसमलव दुई अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा तेह्थुुम पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।