काठमाडौ, मंसिर १६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जन उपर आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार मर्हजले सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि रकम लाग्छ भनी घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले महर्जनलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस र रिसवत वापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा सेवाग्राहीको घर निर्माण सम्पन्न पश्चात प्रमाणपत्र लिनको लागि सिफारिस दिन रु. १०,०००।– (दश हजार) लाग्छ भनी घुसररिसवत माग गरी लिएको भन्ने तथ्य प्रमाणित हुन आएकोले महर्जनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेको देखिंदा निजलाई बिगो रु. १०,०००।– कामय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।