neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल वेस्ट ह्यामसँग पराजित

Nov 8th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २२

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेस्ट ह्यामसँग पराजित भएको छ ।आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा वेस्ट ह्यामलाई जित दिलाउन पाब्लो फोर्नल्स र कर्ट जौमाले एक एक गोल गरे ।वेस्ट ह्यामले एक गोल आत्मघाती उपहार पाएको हो ।लिभरपुलका ट्रेन्ट अलेक्जेंडर अर्नोल्ड र डिभोक ओरिगीले एक गोल गरे ।

जितसँगै वेस्ट ह्यामले ११ खेलबाट २३ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिभरपुलको ११ खेलबाट २२ अंक छ र तालिकाको चौथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi