neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १४३ जनामा कोरोना सङ्क्रमण, ५६३ जना डिस्चार्ज, नौ को मृत्यु

थप १४३ जनामा कोरोना सङ्क्रमण, ५६३ जना डिस्चार्ज, नौ को मृत्यु

Nov 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, २१ कात्तिक

आइतबार थप १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २ हजार ३३३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख १५ हजार ५५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३३३ जनाको परीक्षण भएको छ । हालसम्म ४४ लाख ५१ हजार ६१४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५६३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५६३ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ९५ हजार ३९७ पुगेको छ ।

थप नौ को मृत्यु

पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४४८ पुगेको छ।