neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बर्नलीसँग बराबरीमा रोकियो चेल्सी

Nov 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, २१ कार्तिक
सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बर्नलीसँग बराबरीमा रोकिएको छ ।स्ट्यामफोर्ड ब्रिज स्टेडीएममा शनिबार राति भएको खेलमा चेल्सीले बर्नलीसँग १–१ गोलको बराबरी खेलको हो ।

खेलमा चेल्सीको लागि काई हभार्ट्जले एक गोल गरे भने बर्नलीको लागि माटेज भिड्राले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेल्सीले लिएको थियो। खेलको ३३ औँ मिनेटमा हभार्ट्जले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर ,दोस्रो हाफको ७९ औँ मिनेटमा बर्नलीका माटेज भिड्राले गोल गर्दे खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीको ११ खेलबाट २६ अंक छ र तालिकाको शीर्ष स्थानमा छ । पराजित बर्नलीको ११ खेलबाट ८ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi