neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • टोनी क्रुस र बेंजामाको गोलमा रियलको जित

टोनी क्रुस र बेंजामाको गोलमा रियलको जित

Nov 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २१

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले .जित निकालेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रायो भ्यालेक्यानोलाई २-१ गोलले पराजित गरेको हो।

घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन टोनी क्रुस र करीम बेंजामाले एक एक गोल गरे । रायो भ्यालेक्यानोका राडामेल फाल्काओले एक गोल फर्काए ।

खेलको १४औँ मिनेटमा रियलका टोनी क्रुसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा करीम बेंजामाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ७६ औं मिनेटमा रायो भ्यालेक्यानोका राडामेल फाल्काओले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र रियल मड्रिडले जित निकालेको हो ।

जितसँगै रियलले १२ खेलबाट २थ् अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ । पराजित रायो भ्यालेक्यानोको १३ खेलबाट २० अंक छ र तालिकाको छैटौं औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi