neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेड सिटीसँग घरेलु मैदानमा पराजित

युनाईटेड सिटीसँग घरेलु मैदानमा पराजित

Nov 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, कात्तिक २१
इंग्लीस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड म्यान्चेस्टर सिटीसँग घरेलु मैदानमा पराजित भएको छ ।शनिबार राति भएको म्यान्चेस्टर डर्वीमा सिटीले युनाईटेडलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भाले एक गोल गरे। सिटीले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको सातौं मिनेटमा युनाईटेडका एरिक बेलीले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो

त्यसपछि खेलको ४५ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै म्यान्चेस्टर सिटीले ११ खेलबाट २३ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ।पराजित युनाईटेडको ११ खेलबाट १७ अंक छ र तालिकाको पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi