काठमाडौ, कात्र्तिक १७
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बिच छुट सम्बन्धी सम्झौता भएको छ । एन.सी.सी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ ।
सम्झौता अनुसार एन.सी.सी बैंकको डेविट कार्ड प्रयोगर्कताहरुलाई दराजबाट अनलाइन सपिङ्ग गरी भुक्तानी गर्दा थप १५ प्रतिसत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम तीन हजार र क्रेडिट कार्डमा अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्मका छुट प्राप्त गर्न सकिने छ । यो योजाना कार्तिक २५(नोभेम्बर ११) को दिन शुरुभई २४ घण्टामा समापन हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरीकुल १३६ शाखा, ११० वटा एटिएमर ११ वटा एक्स्टेन्सन काउन्टर संचालित गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।