neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘दुम्किबास– त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुन्छ’

‘दुम्किबास– त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुन्छ’

Nov 3rd, 2021

कावासोती , १७ कात्तिक /रासस

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न सके कोरोला–त्रिवेणीको सपना साकार हुने बताउनुभएको छ । निकुञ्जका कारण सडक खोल्न रोकिएको यस खण्डमा सडक निर्माणको सहमति ल्याउन सके कोरला–त्रिवेणीको सपना साकार हुने उहाँले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएको क्षयरोग पे्रषण केन्द्र भवनको उद्घाटन कार्यक्रममा आफ्ना धारणा राख्दै मुख्यमन्त्री पोखरेलले दुम्किबास–त्रिवेणी सडक निर्माणका लागि पहल भइरहेको बताउनुभयो । “दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो काम गर्न सकेन, किन सकेन भने निकुञ्जका कारणले सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रियामा लान प¥यो, निकुञ्जबाट त्यो क्षेत्र छुट्टिने बित्तिकै हामी काम थाल्छौँ, यो केन्द्र सरकारलाई भनेका छौँ, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो,” मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

यदि युनेस्को भनेर रोकियो भने सधैँ यसै बसिरहन नसक्ने भएकाले विकल्पमा करिब आठ किलोमिटर निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको उहाँले बताउनुभयो । यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने उहाँको भनाइ थियो । त्यसका लागि सम्भाव्यता अध्ययन गर्नेसमेत मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

गण्डकी प्रदेशको भारतसँग जोडिएका एक मात्रै नाका त्रिवेणी पुग्न अहिले लुम्बिनी प्रदेश हुँदै जानुपर्ने अवस्था रहेको छ । दुम्किबासबाट करिब १९ किलोमिटर सडक निर्माण गर्नुपर्नेछ । यसै खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सडक निर्माणको प्रक्रिया अगाडि बढाउन समस्या रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार क्षमताअनुसार विभिन्न विषयमा संवेदनशील भएर काम गरिरहेको बताउनुभयो । बाढीका कारण भएको क्षतिमा तत्काल दिने राहतबाहेक नोक्सानीको विवरण सङ्कलन गरी राहत दिने तयारी, बिरामीलाई रगत चाहिएको अवस्थामा विभिन्न परीक्षणले गर्दा रगतको समेत पैसा दिनुपर्ने अवस्था भएकाले त्यसलाई निःशुल्क बनाउन लागेको उहाँले बताउनुभयो ।

सडक मानवमुक्त प्रदेश बनाउन, कोही पनि सडकमा बेवारिसे बनाउन हुन्न भनेर लागेको, महिलाहरूको पाठेघर, स्तन क्यान्सरको प्रदेश सरकारले निःशुल्क उपचार गर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । कार्यविधि तयार गरी योजना कार्यान्वयन गरिने उहाँले बताउनुभयो । प्रदेश सरकार आफूसँग भएको साधन स्रोतका आधारमा मानवीय रुपमा जनतासँग छौँ भनेर सन्देश दिने प्रयत्न गरेको उहाँले बताउनुभयो ।

बुधबार मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्नुभएको मध्यविन्दु जिल्ला अस्पतालमा निर्माण गरिएको जटिल प्रकारका क्षयरोग पे्रषण केन्द्रको भवन नयाँ जीवनका लागि हातेमालो र दामियन फाउन्डेसन बेल्जियम नेपालको रु एक करोड २६ लाख ९० हजार २९५ को लागतमा निर्माण गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi