neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

Nov 3rd, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १७ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एटलान्टासँग बराबरीमा रोकिएको छ। मंगलबार राति एटलान्टाको घरेलु मैदानमा भएको खेलमा युनाईटेडले एटलान्टासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा युनाईटेडको लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने एटलान्टाको लागि जोसिप इलिसिक र डुवान जापाटाले एक -एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एटलान्टाले लिएको थियो । खेलको १२ औं मिनेटमा जोसिप इलिसिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५६ औं मिनेटमा एटलान्टाका जापाटाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युनाईटेडको चार खेलबाट सात अंक छ र समूह (एफ) को शीर्ष स्थानमा छ। एटलान्टाको चार खेलबाट पाँच अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi