neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जियेचको गोलमा चेल्सीको जित

Nov 3rd, 2021

आधारभूमि संवाददात

काठमाडौँ, १७ कात्तिक

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।गएराति भएको खेलमा चेल्सीले माल्मोलाई उसैको घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

माल्मोको मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जियेचले विजयी गोल गरे ।जियेचले खेलको ५६ औँ मिनेटमा हडसन ओडोईको पासमा गोल गरेका हुन् ।

जितसँगै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ को नजिक पुगेको छ ।चेल्सीले चार खेलबाट नौ अंक जोडेको छ र समूह (एच) को दोस्रो स्थानमा छ । पराजित माल्मो अंक विहीन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi