neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रोमा एसी मिलानसँग घरेलु मैदानमा पराजित

रोमा एसी मिलानसँग घरेलु मैदानमा पराजित

Nov 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १५ कार्तिक

इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमालाई पराजित गरेको छ ।सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एसी मिलानले रोमालाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो ।

रोमाको मैदानमा मिलानलाई जित दिलाउन ज्लटान इब्राहिमोभिच र फ्रान्क केसीले एक-एक गोल गरे ।रोमाका स्टेफन एल शारावीले एक गोल गरे ।

खेलको २५ औं मिनेटमा ज्लटान इब्राहिमोभिचले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।यस सँगै इब्राहिमोभिचले आफ्नो करियरको ४०० औ गोल पूरा गरेका छन् ।

दोस्रो हाफको ५७ औं मिनेटमा फ्रान्क केसीले गोल गर्दै टोलीलाई २-० ले अघि बढ्यो।

खेलको ६६ औं मिनेटमा एसी मिलान १० खेलाडीमा समेटिएको थियो । एसी मिलानका थियो हर्नान्डेजले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा रोमाका स्टेफन एल शारावीले एक गोल फर्काएका थिए ।

जितसँगै एसी मिलानले ११ खेलबाट ३१ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ। पराजित रोमाको ११ खेलबाट १९ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi