neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियल बेटिसमाथि एट्लेटिकोको सहज जित

Nov 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १५ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन यानिक क्यारास्को र जोआओ फेलिक्सले एक एक गोल गरे ।एट्लेटिकोले एक गोल आत्मघाती उपहार पाएको हो ।

खेलको २६ औं मिनेटमा यानिक क्यारास्कोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६३ औं मिनेटमा रियल बेटिसका जर्मन पेजेलाले आत्मघाती गोल गरेपछि एट्लेटिको २-० ले अघि बढ्यो।

त्यसपछि खेलको ८० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै टोलीलाई ३-० को सानदार जित दिलाए ।

जितसँगै एट्लेटिकोले ११ खेलबाट २२ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ। पराजित रियल बेटिसको १२ खेलबाट २१ अंक छ र पाँचौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi