neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेश जाने कामदार बढ्दा कसरी घट्यो रेमिट्यान्स ?

विदेश जाने कामदार बढ्दा कसरी घट्यो रेमिट्यान्स ?

Nov 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं,कात्तिक १५

विदेश जाने कामदार बढ्दा रेमिट्न्यान्स आप्रबाह भने घटेको देखिएको छ । रेमिट्यान्स अवैध मार्गबाट नेपालमा आउने क्रम बढेसँगै कामदार बढ्दा पनि रेमिट्यान्स घटेको हो ।

गत वर्ष कोरोना महामारीले अन्तर्राष्ट्रिय बजार नै प्रभावित पारेपछि त्यहाँ नयाँ कामदार थप्ने त ठप्प भयो नै भएका कर्मचारी पनि कटौति गरे । जसका कारण नेपालबाट विदेश जाने कामदारहरु ठप्पै भएभने त्यहाँबाट फर्कनेको संख्या बढ्दै गयो । तर, महामारीका कारण रेमिट्यान्स कम्पनी बाहेक अन्यबाट रकम पठाउन असंभव जस्तै भएपछि रेमिट्यान्स ह्वात्तै बढ्यो ।

गत वर्षको भदौ मसान्तसम्म रेमिट्यान्स ८.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको थियो । तर, यो वर्षको सोहि अवधिमा भने रेमिट्यान्स ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्ब ३७ करोड कायम भएको छ । अर्थात गत वर्षको तुलनामा यो वर्ष १० अर्ब ३६ करोड रुपैयाँ कम रेमिट्यान्स आएको छ । असोज महिनामा पनि यस्तो रकम घटेको देखिएको रेमिट्यान्स कम्पनीहरु बताउँछन् ।

यसरी रेमिट्यान्समा आएको कमिले देशको सोधनान्तर स्थिती घाटामा लगेको त छनै बिदेशी मुद्रा सञ्चितीमा पनि कमि ल्याएको छ । विदेशी मुद्रामा आएको सञ्चिीतीका कारण आगामी दिनमा बैदेशिक लगानीमा कमि आउने जोखिम हुन्छ ।

अवैध तरिकाले रकम ल्याउने क्रममा नियन्त्रण गर्न नसक्दा रेमिट्यान्स घटेको हो । अर्थविद्हरु त गैर कानुनी रुपमा आर्जन गरेको रकम लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा नेपालीहरुको लगानी बढ्नुले पनि अवैध रुपमा रकमको कारोबार भएको पुष्टि भएको बताउँछन् ।

विदेशी मुद्रा सञ्चिती घट्दा आयात महंगो मात्रै होइन प्रभावित पनि हुन सक्छ । त्यसैगरि यसले विदेशी मुद्राको अवैध कारोबार बढाउन सक्ने भएकाले सरकार समयमै चनाखो हुन जरुरी छ ।