काठमाडौ, कात्र्तिक १४
शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, विश्व विख्यात दूई तथा तीन पांग्रे सवारी साधन निर्माता, टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधापनि उपलब्ध गरिएको छ । जगदम्बा मोटर्स प्रालिले आजैका मितिबाट नयाँ टीभीएस रेडरका लागि बुकिंग खुल्ला गरिएको जानकारी दिएको छ ।
नयाँ बाइक सार्वजनिकको अवसरमा बोल्दै, टीभीएस मोटर कम्पनीका ईन्टरनेशनल बिजनेस, अध्यक्ष, आर डिलिपले भने, ‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तररुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरु उपलब्ध गराउँदै आइरहेका छौँ । हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १ सय २५सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौँ ।
नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजारका रुपमा रहेको छ । यहाँका हाम्रा यूवा उपभोक्ताहरुका निम्ति नयाँ उत्पादनहरु पस्कन पाउँदा हामी निकै उत्साहित छौँ । यूवा उपभोक्ताहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउने मा हामी विश्वस्त छौँ ।’ टीभीएस मोटरका श्रेणीकै उत्कृष्ट पछिल्ला प्रस्तुतिहरुका लागि झैँ टीभीएस रेडरका लागि पनि नेपाली उपभोक्ताहरु मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त हुनेमा हामी विश्वस्त छौँ । नेपालका जेन जी लक्षित टीभीएस मोटर्सको शक्तिशाली, स्टाइलिश र वास्तविक ‘विकेड राइड’— दि टीभीएस रेडर ।’
स्टाइल
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटीपनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र ईनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।
परफरमेन्स
टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्डअत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभवपनि प्राप्त हुन्छ ।
यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फूटपेग्स लगायत मेकानिकल बिवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएका छन् ।
आराम, सुरक्षा र सहजताः
टीभीएस रेडरको विकास यात्रुको आरामदायीता र सहजतालाई विशेष ध्यानमा राखि गरिएको छ । टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।
टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध गरिएको छ ।
टीभीएस मोटर्स कम्पनीका बारेमा :
प्रतिस्थित डेमिंग प्राइज हात पार्न सफल एक मात्र दूई पांग्रे सावरी साधन निर्माता कम्पनी, टीभीएस मोटर कम्पनी, अमेरिकी डलर ८.५ बिलियन टीभीएस गु्रप अन्तर्गतको दूई तथा तीन पांग्रे सवारी साधन निर्माता फ्ल्यागशिप कम्पनी हो । विश्वास, मूल्य मान्यता, उपभोक्ता सन्तुष्टि र सटिकताका सय बर्षिय विरासत माथि बसेको जगका माध्यमबाट नवीन र दिगो प्रक्रियाहरु मार्फत उच्च गुणस्तरका अन्तराष्ट्रिय स्तरमै महत्वकांक्षी उत्पादन पस्किरहेको टीभीएस मोटर्स गतिशिलता मार्फत प्रगतीप्रति विश्वास गर्दछ । कम्पनीले ७० देशमा फैलिएका आफ्ना समस्त टच प्वाइन्टहरु मार्फत उत्कृष्ट उपभोक्ता अनुभव प्रदान गर्दै आइरहेको छ । कम्पनीका उत्पादनहरुले आफ्ना श्रेणी अन्तर्गत विगत ५ बर्षदेखि जेडी पावर आइएक्यूएस र अपिल सवेक्षणमा अग्रता पाइरहेका छन् । टीभीएस मोटर्स जेडी पावर कस्टमर सर्भिस स्याटिसफ्याक्शन सर्भेमा लगातार चार बर्ष सम्म नं.१ कम्पनीका रुपमा रहन सफल कम्पनी हो ।
सन् १९९७मा शंकर अग्रवालद्वारा स्थापित नेपालमा मुख्यालय रहेको शंकर ग्रुप, आफ्नो भर्टिकल्स अन्तर्गत ४० कम्पनी सहितको बहुआयामिक उद्यम हो । नेपालमा ब्यवसायिक ईकोसिस्टम मार्फत जनताको जीवन समृद्ध बनाउने उद्देश्यका साथ यो समुह सञ्चालनमा रहेको छ । जगदम्बा होल्डिंस र जगदम्बा गु्रप, शंकर कम्पनी अन्तर्गतका प्रमुख लगानीकर्ता तथा प्रबद्र्धक हुन् । शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दूई तथा तीन पांग्रे सवारी साधनका लागि एकल आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १ सय ४२ विक्रि तथा वितरण सञ्जाल रहेका छन् ।