neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानन्यायधिशसंग वार्ता गर्ने आन्दोलनरत न्यायधिशको निर्णय, राजीनामाको दवाव कायमै

प्रधानन्यायधिशसंग वार्ता गर्ने आन्दोलनरत न्यायधिशको निर्णय, राजीनामाको दवाव कायमै

Oct 31st, 2021

आधारभूमि संवाददाता
काठमाडौ १४ कार्तिक

प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब आइरहेका बेला सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले राणासँग वार्ता गर्ने भएका छन् । प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग राख्दै दइजलास बहिष्कार गरेका न्यायधिशले राणासँग वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएका हुन् ।

विगत एक साता देखि प्रधानन्यायाधीश राणाले तोकेको इजलास बहिस्कार गर्दै आन्तरिक छलफल गरिरहेका छन् । उनीहरुको आइतवारको छलफलले न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने निष्कर्ष निकालेको हो ।

उता नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आइतबारैबाट प्रर्दशन थालेको छ ।

यसैबिच नेपाल बार एसोसिएसनले विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।

‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।

यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आज पनि एकल इजलासमा एक मुद्दाको फैसला गरेका छन् ।