neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

Oct 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १४ कार्तिक

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुल र ब्राइटनले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेका हो ।

घरेलु मैदानमा लिभरपुलको लागि जोर्डन हेन्डरसन र साडियो मानेले एक-एक गोल गरे भने ब्राइटनको लागि एनक मवेपु र लिआन्ड्रो ट्रोसार्डले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको चौथो मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

खेलको २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

तर, खेलको ४१ औं मिनेटमा ब्राइटनका एनक मवेपुले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ६५ औं मिनेटमा ब्राइटनका लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलको १० खेलबाट २२ अंक छ र तालिकाको दोस्रो स्थानमा छ। ब्राइटनको १० खेलबाट १६ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi