neapl investment mega bank
  • गृहपृष्ठ
  • अध्यक्ष तिमिल्सिला र स्पेनको एक्त्रामादुराका सभामुखबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिला र स्पेनको एक्त्रामादुराका सभामुखबीच भेटवार्ता

Oct 29th, 2021

काठमाडौ, कात्र्तिक १२

नेपाल भ्रमणमा रहेको स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेकाछन । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेकाहुन ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए ।

नेपाल र स्पेन सरकारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षपछि स्पेनमा नेपालको दूतावास खुलेको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ’नेपालमा पनि स्पेनको दूतावास स्थापना हुन सकेमा दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म बिस्तार गर्न सकिन्छ।भ्रमणहरु आदान–प्रदानमा पनि सहज हुन्छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकलगायत सबैलाई सहज हुने भएकाले यो जरुरी छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले बागमति प्रदेश सभाको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउण्डेशनको कार्यक्रमका कारण पनि आफूहरु बीचको भेटघाट सम्भव भएको भन्दै प्रदेश सभा सभामुख र फाउण्डेशनलाई धन्यवाद दिए ।

त्यसैगरी लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा भौरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेड स्टोनको बुद्धमूर्ती स्थापना कार्यक्रममा भ्रमण टोली सहभागी हुने कार्यक्रम रहेको छ । सो मूर्ति स्थापना कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार हुने कार्यक्रम रहेको छ । गत चैतमा स्पेनका सभामुखको निमन्त्रणामा भएको आफ्नो भ्रमणको स्मरण गर्दे अध्यक्ष तिमिल्सिनाले आफ्ना समकक्षीका रुपमा सभामुखको नेपाल भ्रमण पनि छिट्टै हुने विश्वास व्यक्त गरे । फाउण्डेशनको अग्रसरतामा स्पेनको क्याथेरेस नगरपालिकामा बन्न लागेको लुम्बिनी प्रोजेक्टले बुद्धको अहिंसा र शान्तिको सन्देश विश्वभर फैल्याउन मद्दत पुरर्या्उने उहाँले विश्वास व्यक्त गरे ।

भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताए । उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिए । फाउण्डेशनको कार्यक्रमका कारणले आफूसहितको टोली नेपाल भ्रमण आएको बताउँदै उहाँले नेपालका राष्ट्रपति प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन उत्सुक रहेको बताए ।

भेटमा अध्यक्ष तिमिल्सिना, बागमती प्रदेशका सभामुख श्रेष्ठ, संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल लगायत सहभागी रहेका थिए । भ्रमण टोलीबाट सभामुखसहित एक्त्रामादुरा प्रदेश सभा सदस्य, मेयरलगायत थिए । यता लुम्बिनी गार्डेन फाउण्डेशनको अध्यक्ष जोशे म्यानुयल, उपाध्यक्ष गोविन्द सुवेदी तथा महासचिव एकराज गिरीसमेत भेटमा सहभागी रहेका थिए ।