neapl investment mega bank
  • गृहपृष्ठ
  • इजलास बहिस्कार गर्ने १५ न्यायधिश विरुद्ध सर्वोच्चमा रिट हालियो

इजलास बहिस्कार गर्ने १५ न्यायधिश विरुद्ध सर्वोच्चमा रिट हालियो

Oct 29th, 2021


आधारभूमि संवाददता

काठमाडौ, कात्र्तिक १२

सर्वोच्च अदालतका आन्दोलनरत १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। प्रधानन्यायधिश चोलेन्द्र समशेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका १५ न्यायधिशले इजलास बहिष्कार गरेका छन् ।

इजलास बहिस्कार गरी मुद्दा नहेर्ने १५ न्यायाधीशहरु परमादेशसहित आदेश पुर्जीसमेत जारी गरिपाऊँ भन्दै रिट हालिएको हो। अधिवक्ताहरू तोयनाथ ढुंगाना र कीर्तिनाथ शर्मा पौडेल तथा झापा बिर्तामोडकी सभ्यता नेपाल, सिन्धुपाल्चोकको बलेफीका नकुल तिमल्सिना, काभ्रेको पनौतीका शिवराम थापा र झापाको शिवसताक्षीका नेत्रप्रसाद मैनालीले इजलास बहिस्कार गर्ने न्यायाधीशविरुद्ध रिट हालेका हुन्।

वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का हरिकृष्ण कार्कीसहित १५ जना न्यायधिश विरुद्ध परमादेशसहित चाहिने आवश्यक आदेशमाग गरी सहित रिट दायर भएको हो ।

रिटमा भनिएको छ -‘ तपसिल न्यायाधीहरुले अदालतमा उपस्थित भएर तोकिएका मुद्दाहरूको सुनुवाइ नगरेको अवस्था छ। नागरिकको संविधान प्रदत्त स्वच्छ सुनुवाइको हक भएको, हामी निवेदकको पनि चासो भएको र नागरिकहरुलाई पनि सार्वजनिक चासोको विषय भएकाले संविधानको धारा २० अन्तर्गतका अधिकार पनि हनन पुगेको छ ।’ अदालतको सुनुवाइ यी १५ न्यायाधीशहरुकै कारण रोकिएको दावी पनि रिटमा गरिएको छ।