neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बराबरीमा रोकियो एट्लेटिको मड्रिड र लेभान्टे

बराबरीमा रोकियो एट्लेटिको मड्रिड र लेभान्टे

Oct 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १२ कार्तिक

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड र लेभान्टे बराबरीमा रोकिएका छन् ।बिहीबार राति भएको खेलमा एट्लेटिको मड्रिड र लेभान्टेले २–२ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।

खेलमा एट्लेटिको मड्रिडको लागि एन्टोनी ग्रिजम्यान र म्याथियस कुन्हाले एक-एक गोल गरे भने लेभान्टेको लागि एनिस बर्दीले दुई गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एट्लेटिकोले लिएको थियो । खेलको १२ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए।

तर, खेलको ३७ औं मिनेटमा लेभान्टेका एनिस बर्दीले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

दोस्रो हाफको ७६ औं मिनेटमा म्याथियस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ९० औं मिनेटमा एनिस बर्दीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

इन्जुरी समयको नवौं मिनेटमा लेभान्टे १० खेलाडीमा समेटिएको थियो । लेभान्टेका रोबर पिएरले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

बराबरीसँगै एट्लेटिको मड्रिडले १० खेलबाट १९ अंक छ र तालिकाको छैटौं स्थानमा छ। लेभान्टेको ११ खेलबाट छ अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi