neapl investment mega bank
  • गृहपृष्ठ
  • सराफी बचत तथा ऋण सहकारी दुई करोड भन्दा बढी रकम हिनामिना ,सञ्चालकहरु फरार, बचतकर्ताहरु बिचल्लीमा, कारवाही गर्ने नियमनकारी निकाय रमिते

सराफी बचत तथा ऋण सहकारी दुई करोड भन्दा बढी रकम हिनामिना ,सञ्चालकहरु फरार, बचतकर्ताहरु बिचल्लीमा, कारवाही गर्ने नियमनकारी निकाय रमिते

Oct 28th, 2021

आधारभुमी संवाददाता
काठमाडौ, कात्र्तिक ११


काठमाडौको पेप्सीकोलामा रहेको सराफी बचत तथा ऋण सहकारी संस्थामा दुई करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको छ । पछिल्लो पटक ओरियन्टल कोअपरेटिभ, आनन्दनगर, सिभिल सेभिङ्ग एण्ड क्रेडिटमा सर्वसाधारण बचतकर्ताहरुको अर्बो रुपैयाँ हिनामिना भएको अवस्थामा पेप्सीकोलामा नै रहेको सराफी बचत तथा ऋण सहकारीमा पनि सर्वसाधारण बचतकर्ताहरुको दुई करोड २५ लाख रुपैयाँ रकम हिनामिना भएको हो ।

रकम हिनामिना गर्ने उक्त सहकारी संस्थाका सञ्चालकहरु भने हाल फरार रहेको पीडित बचतकर्ताहरुले बताएकाछन । बुुधबार करीव सराफी बचत तथा ऋण सहकारीमा बचत जम्मा गर्दे आएका झण्डै १५ जना पीडित बचतकर्ताहरुले आफ्नो रकम डुबेको उठाउन भनी सहकारी विभाग पुग्दा सहकारी विभागमा कुनै दर्ता नै नभएको पाएपछि खिन्न मन लिएर निस्केका थिए ।

सफारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ महिनौं सम्म सम्पर्कमा छैनन । पीडित बचतकर्ता राजन लुईटेलका अनुसार अध्यक्ष श्रेष्ठको दोस्रो लहरको कोरोना भाईरस (कोभिड १९) को संक्रमबाट मृत्युु भईसकेको छ । मेरो नौ लाख रुपैयाँ डुबेको पिडित कालिका आचार्य र १० लाख रकम डुवेको गिता भण्डारी बताउँछिन ।

संस्थाकी कर्मचारी सरिता श्रेष्ठ गाउँ गएर बसेकी छिन भने मेनेजर राजन राई भने पिडितको रकम उठाउन संगै हिडेका छन् । सहकारी भाग्ने क्रम दिन दिनै बढ्नु सम्बन्धित निकायकले ध्यान नदिएकोले आफ्नो रकम डुबेको अर्की चार लाख रुपैयाँ डुवेको पीडित पुण्यवती आचार्य बताउँछिन ।