काठमाडौ, कात्र्तिक ११
एन आई सी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त भएकीछन । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगाल्नुभएकी स्वारलाई एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले सोही दिनदेखि लागू हुने गरी उहाँलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकीछन । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेक िउनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिई । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा स्वारलाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।