neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इन्टर मिलानको सहज जित

Oct 28th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ११ कार्तिक

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टर मिलानले १०
खेलाडीमा समेटिएको एम्पोलीलाई २–० गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन डानिलो डीुएम्ब्रोसियो र फेडेरिको डिमार्कोले एक एक गोल गरे।

खेलको ३४ औं मिनेटमा डानिलो डीुएम्ब्रोसियोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५२ औँ मिनेटमा एम्पोली १० खेलाडीमा समेटिएको थियो ।एम्पोलीका समुएले रिक्किले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा सेल्टा भिगोले उठायो ।

खेलको ६६ औं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै इन्टर मिलानले १० खेलबाट २१ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा छ ।पराजित एम्पोलीको १० खेलबाट १२ अंक छ र तालिकाको १२ औँस्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi