neapl investment mega bank
  • गृहपृष्ठ
  • मेट लाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

मेट लाइफद्वारा आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण

Oct 27th, 2021

काठमाडौ, कात्र्तिक १०

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना पोखरा र बुटवल कार्यालयहरु शाखा कार्यालयमा रुपान्तरण गरेको छ । ग्राहकहरुलाई निरन्तर रुपमा अद्वितिय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरु विस्तार गरेको हो ।

पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरुमा रहेका कार्यालयहरुलाई रुपान्तरण गरि शाखा कार्यालयहरु बनाइएको छ जहाँबाट बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसि वितरण तथा पोलिसि परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धन सहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरु प्राप्त गर्न सकिन्छ । दुवै कार्यालयहरुको समुद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा गरिएको थियो ।

यस परिमार्जनले उक्त क्षेत्रका ग्राहकहरुलाई सुविधामा थप पहँुच प्राप्त गर्न सहयोग मिल्नेछ । प्रमुख व्यापारिक क्षेत्रहरुमा अवस्थित कम्पनीका दुवै कार्यालयहरुमा स्वास्थ्य तथा सुरक्षा मापदण्डहरु कायम राख्नका लागि चाहिने आवश्यक खुल्ला ठाउँहरु पनि यथेष्ट रहेको छ ।

मेटलाइफका ग्राहकहरुले कम्पनीको वेबसाइट वा ग्राहक सेवा एप मार्फत सम्पूर्ण सेवाहरु डिजिटल माध्यमबाट पनि प्राप्त गर्न सक्छन् । नयाँ आवेदन, पोलिसि परिवर्तन तथा प्रीमियम संकलन जस्ता सेवाहरु कार्यालय परिसरका साथै डिजिटल रुपमा पनि सजिलै प्राप्त गर्न सकिन्छ । उद्घाटनका क्रममा, महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफको उद्देश्य ग्राहकहरुको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रुपान्तरित शाखा कार्यालयहरुले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सुविधा प्रदान गरि ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताए । साथै उनले शाखाहरुमा निहित थप सुविधाहरुको प्रावधान र सबैलाई पायक पर्ने स्थानले गर्दा आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्षमतामा समेत वृद्धि हुने र उक्त क्षेत्रका समुदायहरुलाई अपरिहार्य जीवन सुरक्षाका आवश्यकताहरुमा पहँुच बढाउने विचार पनि व्यक्त गरे ।
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

मेटलाइफको बारेमा

मेटलाइफ ईन्क.आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।