neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

९४ तोला चाँदी सहित पक्राउ

Oct 27th, 2021

मोरङ, कात्र्तिक १०

रतुवामाई नगरपालिका–३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदी सहित सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको हो ।

बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi