neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पेनाल्टीमा साउथेम्प्टनलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

पेनाल्टीमा साउथेम्प्टनलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

Oct 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, १० कार्तिक
चेल्सी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा साउथेम्प्टनलाई पेनाल्टीमा ४-३ ले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म १९१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको थियो ।

पेनाल्टीमा जानू अघि खेलको ४४ औं मिनेटमा काई हार्ट्जले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर,लगतै ४७ औं मिनेटमा साउथेम्प्टनका चे एडम्सले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए ।

पेनाल्टीमा चेल्सीका मार्कोस अलोन्सो,कलम हडसन,बेन चिलवेल र जेम्स रिसले गोल गरेका थिए भने मेसन माउन्ट गोल गर्न चुकेका थिए।

साउथेम्प्टनका एडम आर्मस्ट्रङ,शेन लङ्ग र जेम्स ओरियोल रोमेउले गोल गरेका थिए भने थियो वाल्कोट र विल स्मलबोन गोल गर्न चुकेका थिए।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi