neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्स्बिच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता

बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्स्बिच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता

Oct 25th, 2021

काठमाडौ, कात्र्तिक ८

बैंक अफ काठमाण्डू लिमिटेड र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि बिच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई समयसापेक्ष गुणस्तरिय सेवा दिर्दै आइरहेको र यस्तै गुणस्तरिय डिजिटल सेवालाई अझै विस्तारित गर्न बैंकले नेपाल पेमेन्ट सोलुसन्स् संग सहकार्यको लागि सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्बाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुबिधाहरु पाउन सक्नेछन । उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.को तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहको बिच हस्ताक्षर गरेकाछन । नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।