neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालका लागि फ्रान्सका राजदूत गिलिस र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट

नेपालका लागि फ्रान्सका राजदूत गिलिस र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट

Oct 25th, 2021

काठमाडौ, कात्र्तिक ८

नेपालका लागि फ्रान्सका राजदूत गिलिस बुरबाआले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकाछन । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका हुुन ।
लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत गिलिस बुरबाअ लाई आग्रह गरे ।

कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।