आधारभूमि संवाददाता
काठमाडौं, कात्तिक ८
नेपाल राष्ट्र बैंकले बिपन्न बर्गमा कर्जा प्रदान नगर्ने कर्जा पुँजी निक्षेप अनुपातसँगै अनिबार्य नगद मौज्दात कायम नगर्ने ५ वटा फाइनान्स कम्पनीलाई कार्वाहि गरेको छ ।
ललितपुर फाइनान्सले पहिलो , दोस्रो र तेस्रो त्रैमासमा राष्ट्र बैंकले तोकेबमोजिम बिपन्न बर्गमा कर्जा प्रदान नगरेकाले २० लाख ५६ हजार र कर्जा पुँजी निक्षेप अनुपात कायम नगरेकाले ६४ हजार रुपैयाँ कार्वाहि गरेको छ । त्यसैगरि सिटि एक्सप्रेस र जानकी फाइनान्स पनि बिपन्न बर्गमा कर्जा प्रदान नगरेकाले कार्वाहि गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि समृद्धि फाइनान्स र गुडवील फाइनान्सले प्रथम त्रैमासमा कायम गर्नुपर्ने अनिबार्य नगद मौज्दात कायम नगरेकाले कार्वाहि गरिएको छ ।