neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पहिलो एल क्लासिकोमा रियलसंग बार्सिलोना पराजित

पहिलो एल क्लासिकोमा रियलसंग बार्सिलोना पराजित

Oct 25th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ८ कार्तिक

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडसंग बार्सिलोन पराजित पराजित भएको छ । आइतबार राति भएको सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई उसैको घरेलु मैदान (क्याम्प नाउ) मा २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई पराजित गर्ने क्रममा रियलका डेभिड अल्बाबा लुकास भाजक्वेजले एक-एक गोल गरे ।बार्सिलोना कासर्जियो अगुएरोले एक गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा रियलका डेभिड अल्बाबाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए ।

इन्जुरी समयको सातौं मिनेटमा बार्सिलोना कासर्जियो अगुएरोले एक गोल फर्काए ।

जितसंगै रियल म्याड्रिडले ९ खेलबाट २० अंक जोडेको छ र दोस्रो स्थानमा छ। पराजित बार्सिलोनाको ९ खेलमा १५ अंक छ र नवौं स्थानमा छ । शीर्ष स्थानको रियल सोसिडाडको १० खेलबाट २१ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi