neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गोलरहित बराबरीमा रोकियो पीएसजी

Oct 25th, 2021

आधारभूमि संवाददात

काठमाडौं, ८ कार्तिक

फ्रेन्च लिग वन फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सिले बराबरीमा रोकिएका छन् । आइतबार राति मार्सिलेको घरेलु मैदानमा भएको खेलमा पीएसजी र मार्सिलेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

खेलको ५७ औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो ।पीएसजीका अचराफ हाकिमीले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा मार्सिलेले उठाउन सकेन ।

बराबरीसँगै पीएसजीले ११ खेलबाट २८ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।मार्सिलेको १० खेलबाट १८ अंक छ र चौथो
स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi